नेपालका GOOGLE BOY आदित्य दाहाललाई उपचारका क्रममा अमेरिका लगियो



      आदित्य दाहाल चार वर्ष आठ महिनाका बालक हुन् । यिनी बालक मात्र होइनन् । यिनमा भएको प्रतिभा देखेर हामी सबै छक्क पर्न सक्छौं । अहिलेसम्म स्कूलमा नपुगेका यी बालकले भूत , भविष्य र वर्तमानका सबै कुरा बताउन सक्छन् । सुरुमा यिनलाई सबैले सामान्य ज्ञानका प्रश्नहरु सोध्ने गर्दथे । सबै प्रश्नहरुको ठीक उत्तर पाएपछि यिनलाई अझ जटिल प्रश्नहरु सोधिए । वेद र उपनिषद्का सबै श्लोकहरु यिनका मस्तिस्कमा अटाउन भ्याएका रहेछन् । नेपाली र अंग्रेजी मात्र होइन , चाइनिज , कोरियन , रसियन र अन्य लिपिमा समेत यिनले लेख्न सक्छन् । यो देखेपछि सबै मानिस उनी देखेर चकित भएका छन् 
आफूलाई भेट्न आउने मानिस को हुन् , उनलाई पहिले नै थाहा हुने गर्दछ । मुख्यसचिव लीलामणि पौडेल उनलाई भेट्न जाँदा उनले लेखिदिए "बागमतीको सफाइ होइन , फोहोर फाल्न बन्द गरौँ " । " नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? " भनेर प्रश्न गर्दा यिनले भने " जनमत संग्रह गरौँ  " यिनका कतिपय प्रश्नको उत्तर निकै जटिल पनि हुने गर्दछन् । नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्दा यिनले भने " नेताहरू बोल्छन् मात्र काम गर्दैनन् । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए " भो, आज लेख्दिनँ ।" आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् । आफू बाह्र बर्षको भएपछि विश्वले उनलाई चिन्ने उद्घोष उनले गरेका छन् ।     प्रधानमन्त्री जाँदा पनि यिनले छक्कै पारिदिए    यिनमा ज्ञानको सागर छ तर यिनी बोल्न सक्दैनन्    त्यसैले सरकारले यिनको  उपचार अमेरिकामा गराइदिने भएको छ    आशा गरौँ यिनी छिटै निको भएर नेपाल फर्कने छन्   

हेर्नुस् यो भिडियो